Breaking News

भक्तपुरको बाराहीबाट ७ जुवाडे पक्राउ

भक्तपुर, १६ असोज । जुवा खेलिरहेको अवस्थामा भक्तपुरको बाराहीबाट सोमबार ७ जुवाडे पक्राउ परेका छन् ।

भक्तपुर नगरपालिका ३ बाराहीस्थित दुर्गा लाल श्रेष्‍ठको घरमा डेरा गरी बस्ने भक्तपुर ईताछे घर भएका वर्ष ४४ को जीवन शाहीको कोठामा जुवा तास खेलिरहेको अवस्थामा प्रहरीले उनीहरूलाई १ लाख ३० हजार ५ सय ३० नगद र १२ बुक ताससहित पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायव उपरीक्षक रेबति रमण पोखरेलले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा शाहीसहित झापा डागीबाडी गाउँंपालिका १ घर भई हाल सूर्यविनवायक बस्ने ४१ वर्षीय मदन कुमार राजबंशी, रामेछाप सुनपाती २ घर भई हाल सूर्यविनायक बस्ने ३९ वर्षीय विवेक लामा, भक्तपुर सूर्यविनायक नगरपालिका ९ काक्राबारी बस्ने २८ वर्षीय बिक्रम तामाङ, धनुषा गतेश्वरी १ घर भई हाल सूर्यविनायक बस्ने २५ वर्षीय सन्तोष श्रेष्ठ, सर्लाही लालबन्दी नगरपालिका ६ घर भई हाल सूर्यविनायक बस्ने ३० वर्षीय बलबहादुर खत्री र रामेछाप लिखु गाउँंपालिका ३ चिलाउने घर भई हाल सूर्यविनायक बस्ने ३८ वर्षीय सुकराम तामाङ रहेको प्रहरीले जनाएको छ ।

जुवाताससहित प्रहरीले पक्राउ गरेको सबैलाई महानगरीय प्रहरी वृत जगातीमा राखेर थप अनुसन्धान भइरहेको छ ।

shares