Breaking News

सूचना लिन आमनागरिक नै सक्रिय हुनुपर्छः प्रमुख आयुक्त बास्कोटा

काठमाण्डौ, १४ जेठ । राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले सूचना लिनका लागि नागरिक स्वयम् जागरुक हुनुपर्ने बताएका छन् ।

रिपोर्टर्स क्लबमा ‘आर.टि.आई एड इन्टरनेशन’ ले आयोजना गरेको सूचनाका हक सम्बन्धी कार्यक्रममा बोल्दै प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाको हक मौलिक हक भएकाले यसबारे जनता नै जागरुक हुनुपर्ने बताएका हुन् ।

प्रमुख सूचना आयुक्त बास्कोटाले सूचनाले मानिसलाई दिशानिर्देश गर्नुको साथै आत्मनिर्भर बनाउन सहयोग पुग्ने बताए । उनले सूचनाको हकले लोकतन्त्रलाई सुदृढ बनाउनुको साथै देशलाई भ्रष्टचारमुक्त बनाउन समेत सहयोग पुग्ने बताए ।

वि. सं. २०७१ सालमा स्थापना भएकाे ‘आर.टि.आई एड इन्टरनेशन’ ले “सूचनाको हक, नागरिकको अधिकार, एकीकृत विकासको दर्भिलाे आधार” भन्ने नाराका साथ सूचनाको हक सम्बन्धी काम गर्दै आइरहेको छ ।

shares