Breaking News

दुःख दिन मात्रै सरकारले चाड पर्वमा अनुगमन गर्ने गरेको मासु व्यवसायीको आरोप

काठमाण्डौ, १५ असोज । अनुगमनको बहानामा सरकारले आफूहरूलाई दुख दिने गरेको मासु व्यवसायीले आरोप लगाएका छन् ।

काठमाडौंमा आज आयोजित अन्तरक्रियामा सहभागी मासु व्यवसायीले दुःख दिन मात्रै सरकारले चाड पर्वमा अनुगमन गर्ने गरेको आरोप लगाएका हुन् ।

चौपाया खरिद बिक्री स‌ंघका महासचिव दिपक थापाले चाडपर्वमा मात्र नभई अन्य समयमा पनि सरकारले गहिराइमा पुगी अनुगमन गर्नुपर्ने बताए ।

मासुको स्वच्छ उत्पादनलाई कसरी बढाउने भन्नेतर्फ सरकारले ध्यान दिनुपर्नेमा उनीहरूको जोड छ । खसीको स्वास्थ्य परीक्षणका लागि सरकारले दक्ष प्राविधिक उपलब्ध गराउन मासु व्यवसायीको माग छ ।

shares