Breaking News

दातृ निकायद्वारा संचालित परियोजनाको काम कारबाहीप्रति कृषिमन्त्रीको असन्तुष्टि

काठमाण्डौ, १५ असोज । कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनालले दातृ निकायद्वारा संचालित परियोजनाको काम कारबाहीप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

मन्त्री खनालले धेरैजसो दातृ निकायद्वारा संचालित परियोजनाले सकारात्मक योगदान दिन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन् ।

सोमबार ललितपुरमा उच्च मूल्य कृषि वस्तु विकास आयोजनाले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले जनताको जीवनस्तर बढाउने गरी ठोस योजना तय गर्न पनि कृषिसँग सम्बन्धित परियोजनाहरूलाई सचेत गराए । जनतामा सकारात्मक योगदान दिन नसक्ने परियोजना नेपाललाई आवश्यक नरहेको मन्त्री खनालको भनाइ छ ।

मन्त्री खनालले नेपालको कृषि क्षेत्रको विकासका लागि आवश्यक प्रविधि भित्र्याउने दिशामा पनि विशेष जोड दिन दातृ निकायद्वारा संचालित परियोजनाहरूलाई आग्रह गरे ।

shares