Breaking News

राजविराज कारागारका एक कैदीको मृत्यु

राजविराज, १५ असोज । सप्तरीको राजविराज कारागारका एक कैदीको आइतबार मृत्यु भएको छ ।

चोरी मुद्दामा ९ लाख रुपैयाँ धरौटी बुझाउन नसकेपछि कैद जीवन बिताइरहेका छिन्नमस्ता गाउँपालिका, लोखरम टोलका ३८ वर्षीय सन्तोष साहको मृत्यु भएको हो ।

साहको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका क्रममा आइतबार राति ९ः१३ बजे निधन भएको कारागारका निमित्त जेलर सत्यनारायण यादवले बताए ।

यसभन्दा अघि पनि पटक–पटक ज्वरो आएपछि साहलाई उपचारका लागि अस्पताल पुर्‍याइएपनि परीक्षणका क्रममा कुनै रोग भने पत्ता नलागेको निमित्त जेलर यादवले जानकारी दिए ।

shares