Breaking News

न्याय सम्पादनको काममा उल्लेख्य प्रगति भएको काठमाण्डौ महानगरको दाबी

काठमाण्डौ, १४ असोज । काठमाडौं महानगरपालिकाले न्याय सम्पादनमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ ।

काठमाडौं महानगरपालिकाकी उपप्रमुख हरिप्रभा खड्गीले न्याय सम्पादनको काममा उल्लेख्य प्रगति भएको दाबी गरेकी हुन् । आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी उनले महानगरपालिका अन्तर्गतको न्यायिक समितिले काठमाडौंको सर्वसाधारणलाई अदालतमा धाउन नपर्ने गरी न्याय सम्पादनको काम गरिरहेको दाबी गरिन् ।

न्यायिक समितिमा हालसम्म १ सय ८४ वटा उजुरी परेकोमा ४७ वटा फैसला गरिएको पनि छ । पीडितको घरदैलोमै पुगेर उजुरीको आधारमा पीडितलाई न्याय दिने काम समितिले गरेको पनि उपप्रमुख खड्गीले जानकारी दिइन् ।

९८ वटा उजुरी भने विचाराधीन अवस्था रहेको छ । ती उजुरी पनि छानबिनको क्रममा रहेको र पीडितले छिट्टै न्याय पाउने उपप्रमुख खड्गीको भनाइ छ । संवैधानिक व्यवस्था अनुसार स्थानीय तहमा पनि न्यायिक समितिको व्यवस्था गरिएको छ । सो समितिले स्थानीयले दिएको उजुरीको छानबिन गरी पीडितलाई न्याय दिनुपर्दछ ।

shares