Breaking News

नेपालको विकासमा चीनको सँधै साथ रहन्छ: चिनियाँ राजदूत यु होङ

काठमाण्डौ, १४ असोज । चिनियाँ राजदूत यु होङले नेपालको विकासमा चीन अझै प्रतिबद्ध भएर लागि पर्ने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

चीनको ७९औं राष्ट्रिय दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित समारोहलाई सम्बोधन गर्दै राजदुत युङले भौतिक पूर्वाधार, ऊर्जा, विकास, कृषि, प्रविधिलगायतका क्षेत्रमा नेपालमा चीनले सहयोगको गर्ने जानकारी दिइन् ।

राजदुत होङले आपसी हित, समानता र सम्मानको सिद्धान्तअनुसार नेपालको विकासमा आफ्नो देशले पूर्णरूपमा सघाउने बताइन् । नेपाल र चीन दुवैको प्रयत्नले दुई देशको सम्बन्ध यस वर्ष अझै बलियो भएको उनको दाबी थियो ।

यसै वर्ष भएका उच्चस्तरीय भ्रमणले सम्बन्ध नयाँ उचाइमा पुगेको भन्दै उनले नेपालको विकासको एक साझेदारका रूपमा चीन रहनु सकारात्मक रहेको बताइन् । उनले भनिन्, “नेपाल चीन पारवहन सन्धीले झन यो उचाइलाई मजबुत बनाउने छ।”

राजदुत होङले चीनको ‘वान बेल्ट, वान रोड’ परियोजनाले हिमाल वारपारको परिवहन र यसको बहुआयामिक कटेक्टिभिटी बढाउने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा उपराष्ट्रपति नन्द बहादुर पुन, विभिन्न दलका नेताहरू, उच्च सरकारी अधिकारी, सुरक्षा प्रमुखहरू तथा नेपालमा रहेका विभिन्न कुटनीतिक नियोगका अधिकारीहरू, उद्योगी व्यवसायी तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता रहेको थियो । कार्यक्रममा चिनियाँ साँस्कृतिक झाकीहरू पनि प्रदर्शन गरिएको थियो ।

shares