Breaking News

नेपालमा सूचनाको हकको संवैधानिक सुनिश्चितता स्थापित हुँदै गएको छ: प्रधानन्यायाधीश

काठमाण्डौ, १२ असोज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले नेपालमा सूचनाको हकको संवैधानिक सुनिश्चितता स्थापित हुँदै गएको बताएका छन् ।

सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसका अवसरमा राष्ट्रिय सूचना आयोगले शुक्रबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश मिश्रले यस्तो बताएका हुन् । न्यायपालिकाको न्यायमा पहुँचको अवधारणासँग तालमेल राख्ने सूचनामा पहुँचको अवधारणा लागू भइरहेकोमा दुई संस्थाबीच ज्ञानको आदानप्रदानमा समेत उनले जोड दिए ।

प्रधानन्यायाधीश मिश्रले समान प्रकृतिका विषयमा कार्यगत सामिप्यताका लागि आह्वान पनि गरे । उनले नागरिकका सूचनामा सर्वव्यापी पहुँचका लागि सूचना आयोगले खेलेको भूमिको प्रशंसा पनि गरे । उनले आयोगको कार्यलाई कानूनको पालनासंगै थप व्यवसायिक बनाउनुपर्नेमा जोड दिए ।

त्यस्तै आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले आयोगलाई आफ्नो काम स्वतन्त्र रूपमा दिनुपर्ने भन्दै सूचना प्रवाह गर्ने विषयमा हस्तक्षेप हुन नहुने बताए ।

दिवसका अवसरमा आयोगले सूचना ईजलास पनि स्थापना गरेको छ । कार्यक्रममा आयोगका कर्मचारीहरूलाई सम्मान गरिएको थियो ।

shares