Breaking News

आज विश्व पर्यटन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदै

काठमाण्डौ, ११ असोज । आज विश्व पर्यटन दिवस, नेपालमा पनि विविध कार्यक्रम गरी मनाईंदैछ ।

संयुक्त राष्ट्रसंघीय पर्यटन संगठनको आव्हानमा हरेक वर्ष सेप्टेम्बर २७ तारिखमा विश्व पर्यटन दिवस मनाईंदै आएको छ । दिवसका अवसरमा पर्यटनसँग सम्बन्धित संघसंस्था तथा समूहहरूको आयोजनामा विभिनन्न कार्यक्रम आयोजना हुँदैछन् ।

ठमेलदेखि बसन्तपुरसम्म प्रभातफेरीको आयोजना गरिएको छ । यस्तै विभिन्न ढुंगेधाराको सरसफाई, विभिन्न नाकाबाट स्थलमार्गबाट नेपाल भित्रिने पहिलो पर्यटक समूहलाई तथा अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल भित्रने पर्यटकलाई स्वागत कार्यक्रम पनि तय गरिएको छ ।

नेपाल पर्यटन बोर्डमा विशेष कार्यक्रमको आयोजना गरिंदैछ । सरकारले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रूपमा मनाउने तयारीसमेत गरिरहेकाले यो वर्षको पर्यटन दिवसलाई आधारका रूपमा हेरिएको छ ।

shares