Breaking News

निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सार्वजनिक महत्वको प्रस्ताव दर्ता

काठमाण्डौ, ११ असोज । निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ ।

नेपाली कांग्रेस पार्टीका सांसदहरू प्रदीप गिरी, गगन थापा र दिव्यमणिराज भण्डारीले सदनमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएका हुन् । प्रस्तावमा निजगढ विमानस्थल द्रुत गतिमा बनाउने सरकारको मनसायको प्रशंसा गर्दै उक्त लक्षपूर्तिका लागि सरकारलार्इ साथ दिनु सबैको कर्तव्य भएको उल्लेख छ ।

तर पूर्वतयारी र आधारभूत कार्य नगरी काम सुरु गर्दा पश्चिम सेती र बुढीगण्डकी जलविद्युत आयोजना जस्ता ठूला योजनाहरूको हालत हुने भन्दै निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणबारे संसदमा वृहत छलफल गर्न माग गरिएको छ ।

प्रस्तावमा सरकारसँग निजगढ विमानस्थलबारे ११ प्रश्नहरूको जवाफ माग गरिएको छ ।

shares