Breaking News

रौतहटमा स्थानीय वासिन्दाबीच झडप, प्रहरीद्वारा २० राउण्ड हवाई फायर

रौतहट, १० असोज । रौतहटको गरुडा ९ श्रीपुरमा शव जलाउने विषयमा स्थानीय वासिन्दाबीच झडप हुँदा प्रहरीले २० राउण्ड हवाई फायरसहित दर्जनौं अश्रुग्यास प्रहार गरेको छ ।

गरुडाको वाग्मती नदीमा शव जलाउने विषयलार्इ लिएर दुई पक्षबीच भएको विवाद नियन्त्रण भन्दा बाहिर गएपछि प्रहरीले हवाई फायर गरेको जनाइएको छ ।

प्रहरीले झडप रोक्न २० राउण्डभन्दा बढी हवाई फायर र दर्जनभन्दा बढी अश्रुग्यास पनि हानेको जनाएको छ । झडप रोक्न गरुडामा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ ।

shares