Breaking News

क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड एवं अागजनी

बुटवल, १० असोज । लुम्बिनी वाणिज्य क्याम्पस बुटवलको क्याम्पस प्रमुखको कार्यकक्षमा तोडफोड भएको छ ।

नेविसंघका कार्यकर्ताहरू क्याम्पस प्रमुख ताराप्रसाद उपाध्यायको कार्यकक्षभित्र गई तोडफोड गरेका हुन् ।

नेविसंघका केन्द्रीय सदस्य टंक पाण्डेको नेतृत्वमा सुरज क्षेत्री, अशोक गौतम, रेशम क्षेत्रीलगायतका कार्यकर्ताहरूले तोडफोड गरेको क्याम्पस प्रमुख उपाध्यायले जानकारी दिए।

उक्त समूहले क्याम्पस प्रमुखको कुर्सीमा मट्टितेल छर्किएर आगो लगाएका छन् ।

क्याम्पस प्रमुखको टेबुल, कम्प्युटर तथा गाडीसमेत तोडफोड गरेको प्रहरीले जनाएको छ। तोडफोडलगत्तै वडा प्रहरी कार्यालय बुटवलबाट प्रहरी पुगेपनि तोडफोडमा संलग्न समूह भने फरार रहेको प्रहरीले जनाएको छ ।

shares