Breaking News

व्यवसायीलाई मुनाफाको सुनिश्चित गराउने जिम्मेवारी सरकारले लिन्छ: मन्त्री अधिकारी

काठमाण्डौ, १० असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यनमन्त्री रविन्द्र अधिकारीले ‘पर्यटन भ्रमण वर्ष, २०२०’ लाई सफल बनाउन सरकारसँग सहकार्य गरेर अघि बढन पर्यटन व्यवसायीहरूलाई आह्वान गरेका छन् ।

मन्त्री अधिकारीले पर्यटन भ्रमण वर्ष, २०२० लाई ध्यानमा राखेर सरकारले पोखरा र चितवनको सौराहामा पर्यटक वर्ष पार्क स्थापना गर्न लागेको पनि जानकारी दिए । उनले काठमाडौंमा पनि पर्यटक वर्ष पार्क स्थापना अतिआवश्यक रहेको उल्लेख गर्दै त्यसमा लगानी गर्न यातायात व्यवसायीहरूलाई आग्रह समेत गरे ।

मन्त्री अधिकारीले पर्यटक सेवालाई प्रभावकारी बनाउन सरकारले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा ट्राफिक बस सेवाको उचित व्यवस्था गर्न लागेको पनि जानकारी दिए । पर्यटकका लागि प्रभावकारी सेवा उपलब्ध गराउने व्यवसायीलाई मुनाफाको सुनिश्चित गराउने जिम्मेवारी सरकारले लिने मन्त्री अधिकारीको भनाइ छ ।

नेपाल पर्यटन यातायात व्यवसायी संघले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले पर्यटक यातायात सेवालाई प्रभावकारी बनाउन सरकारले पहल गरिरहेको दाबी पनि गरे ।

shares