Breaking News

सरकारले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्नुपर्छ: दाहाल

काठमाण्डौ, १० असोज । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पञ्चायतकालीन ऐन तत्काल संशोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।

अध्यक्ष दाहालले ऐन, कानूनको उचित व्यवस्थापन नभएकै कारण मुलुकमा अन्तरविरोधी गतिविधि भइरहेकोतर्फ पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

बुधबार नेपाल पर्यटक यातायात व्यवसायी संघको १५ औं वार्षिक साधारणसभालाई काठमाडौंमा उद्घाटन गर्दै दाहालले पुरानै ऐन, कानूनका कारण मुलुकमा अन्तरविरोध बढ्दै गइरहेको पनि स्मरण गराए ।

अध्यक्ष दाहालले राज्यले व्यवसायीहरूलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने आवश्यक्ता पनि औंल्याए । उनले नाफाको सुनिश्चित हुने ग्यारेन्टी राज्यले गर्न सकेमात्रै मुलुकको समृद्धिको यात्रामा व्यवसायीहरूले सक्दो पहल गर्ने पनि स्पष्ट पारे ।

अध्यक्ष दाहालले सरकारले व्यवसायीहरूलाई कर असुल्ने माध्यमको रूपमा मात्रै लिन नहुने पनि बताए । उनले मुलुकलाई समृद्ध बनाउने आधारको रूपमा रहेको पर्यटन क्षेत्रको विकासमा आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिए ।

shares