Breaking News

धनगढीलार्इ राजधानी नतोकिएपछि प्रदेशसभा बाहिर प्रदर्शन

कैलाली, १० असोज । धनगढीलार्इ प्रदेश राजधानी नतोकिएपछि धनगढीबासीले मंगलबार प्रदेशसभा भवन बाहिर प्रदर्शन गरेका छन् । संसदीय समितिले प्रदेश ७ को राजधानी गोदावरी नगरपालिका ४ मा तोकेको विरोधमा उनीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

राज्यले ठूलो लगानी धनगढीमा गरिसकेको अवस्थामा भू-माफिया र वन तस्करसँग मिलेर गोदावरीमा राजधानी तोक्ने प्रस्ताव राखिएको नागरिक समाजका प्रतिनिधि हरी रेग्मीले अारोप लगाए ।

धनगढी उप-महानगरपालीकाका प्रमुख नृपबहादुर वडले राज्यले करोडौं लगानी धनगढीमा लगाएको भन्दै उनले सुनियोजित रूपमा तस्करहरू मिलेर बन फँडानी गरेर संरचना बनाउनु गलत भएको बताए ।

प्रदेश नम्बर ७ को स्थायी राजधानी र नामाङ्कनका लागि सांसद तारा लामा तामाङको नेतृत्वमा गठित विशेष सुझाव समितिको प्रतिवेदन मंगलबार प्रदेश सभामा पेश गरिएको थियो । संसदीय समितिले प्रदेशको राजधानी गोदावरी नगरपालिका ४ तेघरी र नाम सुदूरपश्चिम राख्न सुझाव दिएको छ ।

shares