Breaking News

असोज १७ देखि अमेरिकी डीभीको अावेदन खुल्ने

काठमाण्डौ, १० असोज । अमेरिकी सरकारले सन् २०२० का लागि इलेक्ट्रोनिक्स डाइभर्सिटी भिसा (डीभी)को आवेदन आउदो असोज १७ गतेदेखि खुला गर्ने भएकाे छ ।

सन् २०२० को लागि आउदो १७ गतेबाट बिहान पौने १० बजेदेखि डीभीको आवेदन भर्न सकिने सकिने काठमाडौंस्थित नेपाली दूतावासले जनाएको छ । डीभी भर्न चाहनेले तोकिएको समयभित्र सधाझैं www.dvlottery.state.gov वेब साइटमा गएर डीभीका लागि आदेवन भर्न सकिनेछ । निवेदनकले २१ वर्षभन्दा कम उमेरका सबै सन्तानको स्पष्ट विवरण राख्नुपर्ने छ भने एउटा मात्र आवेदन दिनुपर्ने छ ।

यस्तै दुतावासले अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरेकाे फोटो यस वर्ष प्रयोग गर्न नपाइने पनि जनाएकाे छ । डीभीको आवेदन कार्तिक २० गते बेलुका १०ः४५ बजेसम्म भर्न सकिनेछ ।

shares