Breaking News

निजगढ विमानस्थल निर्माण कार्ययोजनाबारे सदनलाई जानकारी गराउन कांग्रेसको माग

काठमाण्डौ, ९ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय गौरवको आयोजना निजगढ विमानस्थल निर्माणको समग्र कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको छ ।

निजगढ विमानस्थल निर्माणका बारेमा सरकारका मन्त्रीहरुको नै आपसमा विवादित भनाइहरू सार्वजनिक भएको भन्दै कांग्रेसले त्यसका प्रक्रियागत आधारसहितको कार्ययोजनाबारे सदनलाई जानकारी गराउन माग गरेको हो ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै नेपाली कांग्रेसका जितेन्द्र देवले विमानस्थल निर्माणबारे बन मन्त्री र पर्यटन मन्त्रीको विवादास्पद अभिव्यक्ति आइरहेको भन्दै विस्तृत कार्ययोजनासहित सदनलाई स्पष्ट पार्न माग गरे ।

साईट क्लीरेन्सको जिम्मा नेपाली सेनालाई दिइसकेका बेला आज आएर बखेडा किन ? भनी उनले प्रश्न गरे । विभिन्न विषयको बखेडा झिकेर बन मन्त्री र पर्यटन मन्त्रीले आयोजना निर्माणका सम्बन्धमा हल्का कुरा गरेको दाबी उनले गरे ।

उनले भने, “राष्ट्रिय गौरवको आयोजना अघि बढाउने कि नबढाउने ? राष्ट्रिय गौरवको आयोजना हो भने कति समयमा पार लगाउने यसलाई ? संस्कृति, पर्यटन नागरिक उड्डयन मन्त्री आफैं सदनमा आएर साईट क्लीयरेन्सको बारेमा, मोडालिटीको बारेमा, र्इ आई ए को रिपोर्टको बारेमा लगायत क्याचमण्ट एरिया कति हुने लगायत सदनलाई जानकारी दिनुपर्छ । ”

shares