Breaking News

महिला हिंसाका घटनाप्रति सरकारलाई जवाफदेही बनाइने

काठमाण्डौ, ९ असोज । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा समाजिक समितिका सभापति निरुदेवी पालले मुलुकभरका महिला हिंसाका घटनाप्रति सरकारलाई जवाफदेही बनाइने बताएकी छिन् ।

समितिको सभापतिमा निर्वाचित भएपछि मंगलबार बसेको पहिलो बैठकपछि सभापति पालले मुलुकभर बालिका बलात्कार र हत्या लगायतका घटनामा वृद्धि हुँदै गइरहेका बेला समितिले सरकारलाई जवाफदेही बनाउन प्रभावकारी ढंगले काम गर्ने बताएकी हुन् ।

महिला हिंसाका घटनाको प्रभावकारी अनुसन्धान र कारबाहीका लागि सरकारलाई निर्देशन दिने र महिला सुरक्षातर्फ जवाफदेही बनाउनुको साथै त्यस्ता घटनामा न्यूनिकरण ल्याउन समितिले प्रभावकारी ढंगले काम गर्ने पनि उनले प्रतिबद्धता जनाइन् ।

बैठकले समितिको कार्यसञ्चालन कार्यविधि बनाउन ७ सदस्यीय उपसमिति गठन गरेको छ । उपसमितिले २ दिनभित्र कार्यसञ्चालन कार्यविधि र कार्ययोजना बनाई समितिमा पेश गर्नेछ ।

shares