Breaking News

प्राविधिक तथा व्यवसायिक तालिमको अन्तराष्ट्रिय सम्मेलन हुने

विजय ढुंगेल/काठमाण्डौ, ९ असोज । नेपालमा पहिलोपटक प्राविधिक तथा व्यवसायिक तालिमको अन्तर्राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ ।

डिप्लोमा इन्जिनियरिङ्ग एसोसीयसन नेपाल, कोलम्बो प्लान स्टाफ कलेज मनीला र सीटीइभीटी नेपालको संयुक्त आयोजनामा असोज १८ र १९ गते काठमाडौंमा सम्मेलन हुन लागेको हो ।

पत्रकार सम्मेलनमार्फत जानकारी दिंदै कार्यक्रम अयोजक समितिका अध्यक्ष कामेश्वर प्रसाद सिंहले प्राविधिक तथा व्यवसायिक तालिमको नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको बताए ।

कार्यक्रममा २० राष्ट्रका ५० जना विज्ञसहित ५ सय जनाको सहभागिता रहने जानकारी गराएको छ । प्राविधिक तथा व्यवसायिक शिक्षा क्षेत्रका विज्ञहरूको सहभागिता रहने सम्मेलनमा विभिन्न देशको अनुभव आदान प्रदानसहित २५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् ।

कार्यक्रममा १० वटा स्टलमार्फत इन्जिनयरीङ्ग तथा निर्माण क्षेत्रका गतिवधिहरू समेत जानकारी गराइनेछ । अन्त्यमा काठमाडौं घोषणापत्र जारी गरी सम्मेलन सकिने आयोजकले जनाएको छ ।

shares