Breaking News

१० प्रतिशत भाडा वृद्धिको विरोधमा अनेरास्ववियुको प्रदर्शन

काठमाण्डौ, ९ असोज । सरकार र यातायात व्यवसायीबीच १० प्रतिशत मूल्य वृद्धि गर्ने निर्णयको विरोधमा अनेरास्ववियुले मंगलबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

अनेरास्ववियु पशुपति क्याम्पस ईकाइ कमिटिले मंगलबार काठमाडौंको चावाहीलमा प्रर्दशन गर्दै सवारी साधनको भाडामा वृद्धि गरिएको मूल्य तत्काल फिर्ता लिन माग गरेका हुन् ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिले मारमा परेको जनताका लागि चाडपर्वका बेला थप मूल्य वृद्धि गरेको उनीहरूको आरोप छ । उनीहरूले तत्काल सवारी भाडामा भएको वृद्धि फिर्ता नलिए थप आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

व्यवसायीहरूले दबाब दिएपछि सरकारले आइतबार यातायातको १० प्रतिशत भाडा वृद्धि गर्ने निर्णय गरेको थियो ।

shares