Breaking News

राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाण्डौ, ८ असोज । पूर्वराष्ट्रपति डा. रामवरण यादवले राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्नेमा जोड दिएका छन् ।

पूर्वराष्ट्रपति यादवले संघीय लोकतान्त्रिक गणतन्त्रलाई मजदुत बनाउन पनि सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् ।  यादवले संविधानलाई सर्वस्वीकार्य बनाउँदै लैजानुपर्ने बताए । उनले हिमाल, पहाड र तराईबीच बलियो एकता कायम गरेर मात्रै मुलुकलाई अग्रगतिको बाटोमा अघि बढाउन सकिने पनि स्मरण गराए ।

नेपालको प्रजातान्त्रिक आन्दोलनमा अतुलनीय योगदान पु¥याएका स्वर्गीय सुन्दरराज चालिसेको स्मृतिमा सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले लोकतान्त्रिक प्रणालीमार्फत् मुलुकलाई समृद्ध बनाउन पनि सबै पक्ष अग्रसर हुनुपर्नेमा जोड दिए ।

तीन तहका सरकार निर्माण भइसकेको अवस्थामा जनतालाई त्यसको अनुभूति गराउनुपर्ने उनको भनाइ छ । संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेर अघि बढ्दा मात्रै शहीदहरूको सच्चा सम्मान हुने पूर्वराष्ट्रपतिले बताए ।

कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो ।

shares