Breaking News

पहिलो पटक पोलियोविरुद्धको एफ.आई.पी.भी खोप प्रयोगमा

कमला गुरुङ/काठमाण्डौ, ८ असोज । सरकारले पहिलो पटक पोलियोविरुद्धको एफ.आई.पी.भी खोप प्रयोगमा ल्याएको छ । पोलियो उन्मुलनका लागि खोप प्रयोगमा ल्याइएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

साउनबाट सुरु गर्ने तयारी गरेपनि एक महिना ढिला गरी भदौबाट खोप प्रयोगमा ल्याएको विभागले जनाएको छ । हाल तीन मात्रामा दिंदै आएको खोप एफआईपीभी प्रयोगमा आएपछि दुई मात्रा दिए पुग्छ । खोपको पहिलो मात्रा शिशु जन्मिएको ६ हप्ता र दोस्रो मात्रा १४ औं हप्तामा दिनुपर्छ ।

यसअघि आईपीभी खोप प्रयोगमा ल्याएपनि विश्वव्यापी रूपमै अभाव भएपछि सरकारले एफआईपीभी खोप प्रयोगमा ल्याउने निर्णय गरेको थियो । सबै प्रकारको खोपको मात्रा पूरा गर्ने बालबालिकाको संख्या पछिल्लो पाँच वर्ष ९ प्रतिशतले कमी आएको नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणको तथ्याङ्क छ ।

सन् २०११ मा ८७ प्रतिशत रहेको खोप प्रयोग गर्ने बालबालिकाको संख्या २०१६ मा आइईपुग्दा ७८ प्रतिशतमा झरेको सर्वेक्षणले देखाएको छ । जसमा डीपीटी र पोलियो खोपको तेस्रो मात्रा पूरा नगर्ने बालबालिकाको संख्या पछिल्लो पाँच वर्ष क्रमशः ५ र ४ प्रतिशतले कमी आएको छ ।

shares