Breaking News

जापान सरकारद्वारा त्रिवि शिक्षण अस्पताललार्इ ७० करोड बराबरको सहयोग प्रदान

काठमाण्डौ, ८ असोज । जापान सरकारले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललार्इ ६९ करोड ३० लाख रुपैयाँ बराबरको मेडिकल उपकरणहरू उपलब्ध गराएको छ ।

सोमबार एक कार्यक्रमका बीच नेपालका लागि जापानी राजदूत मासामिची साइगोले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललार्इ उक्त सहयोग सामग्री हस्तान्तरण गरेका हुन् । जाइकाको “त्रिवि शिक्षण अस्पतालमा चिकित्सा सुधार योजना” कार्यक्रम अन्तर्गत जापान सरकारको तर्फबाट सो रकम सन् २०१६ को बजेटमा स्वीकृत भएको थियो ।

त्रिवि शिक्षण अस्पतालमा मेडिकल उपकरण सुधार अायोजनाअन्तर्गत एमअारअार्इ, एक्स-रे, इण्डोस्कोपलगायत उपकरणहरू सुधार गर्नुका साथै नयाँ उपलब्ध गराउने र अस्पतालको भुर्इं एव् छाना मर्मत गरी गुणात्मक सेवा विस्तार गर्ने कार्य भइरहेको छ ।

कार्यक्रममा त्रिवि उपकूलपति प्रा.डा. तीर्थराज खनियाँ, चिकित्साशास्त्र अध्ययन संस्थानका डिन प्रा.डा. जगदिश प्रसाद अग्रवाल, त्रिवि शिक्षण अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. मन्दिरा वन्त, जाइकाको प्रमुख प्रतिनिधि जुन साकुमालगायतको उपस्थिति रहेको थियो ।

सो अवसरमा राजदूत साइगोले प्रोजेक्टले सूलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने र नयाँ उपकरणहरूको प्रयोगबाट राम्रो उपचार संभव हुने बताए ।  जापानको यो सहयोगले नेपाल र जापानबीचको मैत्रीपूर्ण सम्बन्धलार्इ अझ दरिलो बनाउने पनि उनले विश्वास व्यक्त गरे ।

जापान सरकारले त्रिवि शिक्षण अस्पतालमा बिरामीको बढ्दो मागअनुसारको सेवा सुविधा विस्तारका लागि सन् १९९२ देखि नै निरन्तर सहयोग गर्दै अाइरहेको छ ।

 

 

shares