Breaking News

एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेल: नेपाल मलेसियासँग बराबरी

काठमाण्डौ, ७ असोज । एएफसी यू–१६ महिला च्याम्पियनसिप छनोटको अन्तिम खेलमा नेपालले मलेसियासंग बराबरी खेलेको छ ।

काठमाडौंको हल्चोकस्थित एपीएफ क्लबको मैदानमा आइतबार भएको खेलमा नेपालले मलेसियासंग ४ – ४ गोलका बराबरी खेलेको हो । मलेसियाले लिएको सुरुवाती अग्रता उल्टाएर नेपालले बराबरी गर्दै अंक जोडेको हो । नेपालका लागि कप्तान प्रिती राई, सुस्मा तामाङ र सबिता रानामगरले एक एक गोल गर्दा एक गोल उपहार पायो ।

मलेसियाको लागि हेल्मा इम्लीले २ गोल गरिन् भने नरुल नबिलाले एक गोल थपिन् । योसंगै छनोटको समूह ‘ई’ मा रहेको नेपालले एक खेल पनि नजितेर प्रतियोगिताबाट बाहिरिएको छ । पहिलो खेलमा नेपाल फिलिपिन्ससंग ४ – ० ले पराजित भएको थियो नेपाल दोस्रो खेलमा म्यानमारसंग ११ – १ ले पराजित भएको थियो ।

प्रतियोगिताबाट म्यानमारले दोस्रो चरणको यात्रा तय गरेको छ । समूह चरणको अन्तिम खेलमा आइतबार फिलिपिन्सलाई ५ – १ ले हराएर म्यानमार पहिलो भएको हो । उसले ३ खेलबाट ९ अंक जोड्दै अपराजित रह्यो । यस्तै ३ खेलबाट ६ अंक जोडेको फिलिपिन्सले उपविजेता बन्यो ।

दोस्रो चरणको छनोटबाट चौथो हुने टोलीसम्मले थाइल्याण्डमा हुने एएफसी यू–१६ महिला च्याम्पियनसिप खेल्न पाउनेछन् । ८ देशको सहभागिता हुने प्रतियोगितामा आयोजक थाइल्याण्डसहित, जापान, दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागि छनोट भइसकेका छन् ।

shares