Breaking News

असोज १२ गतेदेखि बैंकहरूलार्इ नयाँ नोट वितरण गरिने

काठमाण्डौ, ७ असोज । नेपाल राष्ट्र बैंकले बडादसैंका लागि नयाँ नोट आगामी १२ गतेदेखि बैंकहरूलाई वितरण गर्ने जनाएको छ ।

नयाँ नोट वितरणमा विगतको भन्दा सहजता अाअोस् भन्ने हेतुले आगामी १२ गतेदेखि नै बैंकहरूलाई नयाँ नोट वितरण गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।

आगामी ११ वा १२ गतेदेखि नै बैंकहरूलाई नयाँ नोट वितरण गर्ने तयारी गरिएको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले जानकारी दिए ।

तर सर्वसाधारणलार्इ भने कहिलेदेखि वितरण सुरु गरिने भन्नेबारे यकिन नभइसकेको उनले बताए ।

shares