Breaking News

विरोधका लागि मात्र विरोध गर्दा पर्यटन क्षेत्रले अपेक्षित प्रगति गर्न सकेन: पर्यटनमन्त्री

काठमाण्डौ, ७ असोज । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले विरोधका लागि मात्र विरोध गर्दा पर्यटन क्षेत्रले अपेक्षाअनुसारको प्रगति गर्न नसकेको बताएका छन् ।

आइतबार काठमाडौंको पर्यटन बोर्डमा आयोजित एक कार्यक्रममा उनले विकासको काम गर्दा विरोध गर्ने प्रवृति राजनीतिका साथै पर्यटन क्षेत्रमा पनि रहेको भन्दै यसैका कारण पर्यटन क्षेत्रले अपेक्षाअनुसारको प्रगति गर्न नसकेको बताएका हुन् ।

त्यस्तै उनले पर्यटन क्षेत्र समयअनुसार गतिशील हुन नसक्दा पर्यटन क्षेत्रको विकास हुन नसकेको आरोप पनि लगाए । मुलुकमा धेरैभन्दा धेरै पर्यटक भित्र्याउन यस क्षेत्रमा निकै नै सुधारको आवश्यकता रहेको उनले बताए ।

मन्त्री अधिकारीले पर्यटन मन्त्रालय नीति क्षेत्र मैत्री मन्त्रालय भएको भन्दै पर्यटन क्षेत्रको विकासका लागि नीजि क्षेत्रसँग हातेमालो गरी अघि बढ्न तयार रहेको बताए । उनले सरकारले पर्यटनमैत्री ऐन नियम ल्याएर नेपालमा अधिकतम पर्यटक भित्र्याउने लक्ष्य राखेको जानकारी दिए ।

shares