Breaking News

हृयुमपाइपभित्र युवकको शव फेला

विराटनगर, ७ असोज । विराटनगर महानगरपालिका १६ मा हृयुमपाइपभित्र युवकको शव भेटिएको छ । विराटनगर रानीको बुधनगर जाने भित्री सडकको हृयुमपाइपभित्र उक्त शव भेटिएको हो ।

विभत्स अवस्थामा भेटिएको युवकको शव पोष्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक सन्तोष निरौलाले जानकारी दिए । अनुहार पहिचान गर्न सक्ने अवस्थामा नभएपनि युवक २५-२६ वर्षको हुन सक्ने अन्दाज गरिएको छ ।

हृयुमपाइप भित्रै कुहिन लागेको अवस्थामा भेटिएपछि प्रहरी स्काभेटरको प्रयोग गरी शव निकालेको निरौलाले बताए । सहज रूपमा शव निकाल्न नसकिएपछि स्काभेटरको मद्दतले सडक भत्काएर निकालिएको थियो ।

सडक आवतजावत गर्ने स्थानीयबासीले दुर्गन्ध आएपछि आइतबार हृयुमपाइप भित्र हेर्दा शव फेला पारेका थिए । हत्या गरी फालिएको हुन सक्ने आशंकासहित घटनाको अनुसन्धान सुरु गरिएको छ ।

shares