Breaking News

राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सांसदहरूद्वारा सरकारको ध्यानाकर्षण

काठमाण्डौ, ७ असोज । सांसदहरूले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति तय गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तराष्ट्रिय सम्बन्ध समितिको आइतबारको बैठकमा बोल्दै समितिका सदस्यहरूले राष्ट्र र जनताको हितलाई केन्द्रमा राखेर परराष्ट्र नीति बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएका हुन् ।

समितिकी सदस्य पुष्पा भुसाल (गौतम) ले परराष्ट्र सम्बन्धलाई मुलुकको हितमा केन्द्रित गर्न सरकारसँग आग्रह गरिन् । उनले समितिले पनि मुलुकलाई समृद्ध बनाउने गरी परराष्ट्र नीति बनाउन आवश्यक निर्देशन सरकारलाई दिनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

समितिका अर्का सदस्य भीम रावलले राष्ट्रको सर्वोत्तम हितलाई केन्द्रमा राखेर परराष्ट्र सम्बन्ध विकास गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले समितिले परराष्ट्र नीतिलाई राष्ट्रको हितमा केन्द्रित गर्न सरकारलाई आवश्यक निर्देशन दिनुपर्ने पनि स्मरण गराए ।

बैठकमा समितिका नवनिर्वाचित सभापति पवित्रा निरौला (खरेल) ले मुलुकको समृद्धिको मूल आधारको रूपमा विकास गर्नेगरी परराष्ट्र सम्बन्ध विकासका लागि सरकारलाई आवश्यक निर्देशन दिन लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

shares