Breaking News

‘१००औँ जन्मदिन मनाउँदै राष्ट्रकवि घिमिरे

काठमाडौं । राष्ट्रकवि माधव घिमिरेले अाइतबार लैनचाैरस्थित अाफ्नेै  निवासमा धुमधामसाथ सतबार्षिकी  मनाउनुभएकाे छ ।

१००औँ जन्मदिनको अवसरमा घिमिरे विशेष पूजामा सहभागी भएका छन्। ‘१००औँ जन्मदिनकाे अवसरमा घीमिरेले   अाफु जनताको आशीर्वाद र मायाले सय वर्ष बाँचेकै  झन् जवान भएको अनुभूति भइरहेको बताउनुभयाे । जीवनका आरोह अवरोहमा धर्मपत्नी महाकालीले बिनास्वार्थ स्याहार सुसार गरेकीले अाफू यो अवस्थामा अाइपुगेको उहाँले बताउनुभयाे ।

घिमिरे लमजुङको पुस्तुनमा वि.सं. १९७६ असोज ७ गते पिता गौरीशङ्कर र माता द्रौपदीका जेठा छोराका रूपमा जन्मिएका थिए। राष्ट्रकवि घिमिरेकी  धर्मपत्नी महाकाली भोलि ८४ लाग्दैछिन्। ‘आफ्नी जीवनसंगिनीको ८४ को पूजा खाने भाग्यमानी श्रीमान् हुन पाउँदा खुशी लागेको छ’,उहाँले भन्नुभयाे ‘आफू सय वर्ष पुगेकोभन्दा श्रीमती ८४ पुगेको कुराले बढी हर्षित छु।’

घिमिरेकी पत्नी महाकालीले भनिन् ‘अब भने बुढ्यौली लागेको अनुभूति भइरहेको छ’, । राष्ट्रकविलाई शुभकामना दिन   राष्ट्रपति विद्यादेवी भण्डारी घिमिरेकाे निवास लैनचौर पुग्नुभएकाे छ ।

यसै अवसरमा आगामी असोज १३ गते राष्ट्रकवि घिमिरेको रथयात्रा पनि हुँदैछ । गित, कविता र महाकाव्यको रचनाबाट नेपाल राष्ट्र र नेपाली जनताको मनमनमा बस्न सफल राष्ट्रकवि घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीका कुशल नेपाली साहित्यकार हुनुहुन्छ । बाल्यकालदेखि नै निरन्तर रुपमा नेपाली साहित्यको कविता, खण्डकाव्य, गितिनाटक, कथा, अनुवाद, लेख, प्रबन्ध जस्ता अनेकौं विधामा निरन्तर कमल चलाउनु भएका घिमिरे बहुप्रतिभाशाली कविवर पनि  हुुनुहुन्छ ।

राष्ट्रकवि घिमिरेको गौरी शोककाव्य चर्चित कृति हो । कर्णप्रीय ‘गाउँछ गीत नेपाली’ बोलको गितका रचनाकार उहाँका ‘फूलका थुङगा बगेर गयो’, ‘आजै र राति के देखे सपना’ लगायतका गित कालजयी रहेका छन । राष्ट्रकवि घिमिरे उपकूलपतिको रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानमा पनि लामो समय सक्रिय रहनु भयो । सय वर्षको उमेरमा पनि राष्ट्रकवि घिमिरे साहित्य सृजनामा सक्रिय रहनु भएको छ । उहाँले अहिले ‘ऋतम्भर महाकाव्य’ लेखिरहनु भएको छ। राष्ट्रकवि घिमिरेका पत्नी, ६ छोरी र २ छोरा रहेका छन ।

shares