Breaking News

पाकिस्तानी दूतावासले काठमाण्डौमा मनायो रक्षा दिवस

काठमाण्डौ, ५ असोज । काठमाण्डौस्थित पाकिस्तानी राजदूतावासले विशेष कार्यक्रम गरी रक्षा दिवस मनाएको छ ।

पाकिस्तानी शहीद तथा रक्षकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्न दूतावासले सेप्टेम्बर शुक्रबार काठमाण्डौस्थित हायात होटेलमा उक्त कार्यक्रमको अायोजना गरेको हो । कार्यक्रममा प्रमुख अतिथिको रूपमा नेपालका प्रधानसेनापति पूर्णचन्द्र थापा सहभागी भएका थिए ।

रक्षा दिवसको अवसरमा अायोजित उक्त विशेष कार्यक्रममा विभिन्न राजनीतिक व्यक्तित्वहरू, नेपाली सेनाका अधिकृतहरू, कुटनीतिज्ञ एवं मिडियाकर्मीको सहभागिता रहेको थियो ।

shares