Breaking News

तान्जानिया: फेरी दुर्घटनामा १२६ जनाको मृत्यु, सयाैं बेपत्ता

काठमाण्डाै, ५ असाेज । अफ्रिकी देश तान्जानियामा बिहीबार भएको फेरी दुर्घटनामा १२६ जनाको मृत्यु भएको छ भने सयाैं बेपत्ता भएको आशंका गरिएको छ ।

तान्जानियाको लेक भिक्टोरियामा सयौंकाे संख्यामा यात्रु बोकेको फेरी डुब्दा क्षमताभन्दा धेरै यात्रु बोकेको कारण फेरी दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएकाे छ ।

१०० जना यात्रु क्षमताको फेरीमा ४०० भन्दा धेरै यात्रुले कोचाकोच यात्रा गरेकाे कारण दुर्घटना भएकाे स्थानीय मिडियाहरूले उल्लेख गरेका छन् ।

अँध्यारोको कारण उद्दार कार्यमा कठिनाइ भएपछि स्थगित गरिएको उद्दार कार्य शुक्रबार बिहानबाट पुनः संचालन गरिएकाे छ ।

प्रहरीका अनुसार ३७ जनाको जीवितै उद्धार गरिएको छ र उनीहरूको अवस्था गम्भीर रहेको छ । डुंगामा यति नै संख्यामा यात्रु थिए भन्ने यकिन नभएको पनि अझै दुई सय भन्दा धेरै बेपत्ता भएको अांकलन गरिएको छ ।

क्षमता भन्दा धेरै यात्रु बोकेकै कारण तान्जानियामा यसअघि पनि धेरै पटक ठूला डुंगा दुर्घटना भएका छन् ।

shares