Breaking News

एपेक्स लिडरशिप डेभलपमेन्ट विषयक १२ दिने कार्यक्रम सम्पन्न

काठमाण्डाै, ५ असाेज । ‘अनुसन्धानमा आधारित समस्या समाधानको लागि नेतृत्व’ मूल नाराको साथ एपेक्स कलेज काठमाडौंले आयोजना गरेको एपेक्स लिडरशिप डेभलपमेन्ट विषयक १२ दिने कार्यक्रमको आज समापन भएको छ ।

कलेजको एमबीएमा अध्ययनरत विद्यार्थीहरूले आयोजना गरेको १२ दिने तालिम आज एक कार्यक्रमबीच समापन गरिएको हो । विद्यार्थीहरूमा नेतृत्व क्षमता विकास गर्नुको साथै समस्या समाधानका उपायहरूबारे जानकारी दिने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको एपेक्स कलेजले जनाएको छ ।

समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा ६३ जना विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

shares