Breaking News

न्यायपालिका, न्यायको संवैधाननिक मूल्य र मान्यताप्रति विचलित भएकाे छैन: प्रधानन्यायाधीश

काठमाण्डाै, ५ असाेज । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले न्यायपालिका, न्यायको संवैधाननिक मूल्य र मान्यताप्रति विचलित नभएको बताएका छन् ।

२७आैं कानून व्यवसायी महिला राष्ट्रिय सम्मेलनको शुक्रबार काठमाडौंमा उद्घाटन गर्देै प्रधानन्यायाधीश मिश्रले न्यायपालिकाले स्वतन्त्रतता कायम गर्ने समेत बताए । उनले न्यायपालिकालाई व्यवस्थित र स्वतन्त्र ढंगले अघि बढाउन सबै कानून व्यवसायीको साथ आवश्यक रहेको धारणा पनि राखे ।

कुनै पनि संस्थामा कमीकमजोरी र गल्ती हुने भन्दै यसलाई सच्चाउँदै अघि बढ्नुपर्ने उनको भनाइ छ । उनले कसैलाई पनि अन्याय नहुने गरी कार्यसम्पादन गर्नका लागि कुरीतिलाई अन्त्य गर्नुपर्ने बताए । उनले विधिको शासनको स्थापना र संविधानको परिपालन, लोकतन्त्रको सुदृढिकरण तथा न्यायको पहुँचमा अभिवृद्धिका लागि कानून व्यवसायीको भूमिका महत्वपूर्ण हुने धारणा पनि राखे ।

कार्यक्रममा नेपाल बार एशोसियसनका अध्यक्ष शेरबहादुर केसीले न्याय क्षेत्रमा महिलाको सहभागिता बढाउनका लागि बारले सदैव सकारात्मक कार्यक्रम ल्याउने जानकारी दिए । त्यस्तै देवानी संहितामा देखिएका कमीकमजोरीलाई सच्याउनका लागि पनि बारले छलफल चलाएको बताए ।

शनिबारसम्म चल्ने सम्मेनले महिला कानून व्यवसायीहरूको हक, अधिकारको सवाल, सबै क्षेत्रमा महिलाहरूको पहुँच, संवैधानिक निकायहरूमा महिलाको प्रतिनिधित्व लगायतका विषयमा छलफल हुनेछ ।

shares