Breaking News

राज्य व्यवस्था समितिको सभापतिमा शशी श्रेष्ठ निर्वाचित

काठमाण्डाै, ५ असाेज । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा शशी श्रेष्ठ निर्विरोध निर्वाचित भएकी छिन् ।

समितिको शुक्रबार बसेको बैठकले सभापतिमा श्रेष्ठलाई निर्विरोध चयन गरेको हो । एक जना मात्रै उम्मेद्वारी परेकाले श्रेष्ठलाई सभापतिमा निर्विरोध निर्वाचित भएको घोषणा गरिएको समितिकी जेष्ठ सदस्य मीना पाण्डेले जानकारी दिइन् ।

यसैबीच, नवनिर्वाचित सभापति श्रेष्ठले देश र जनतालाई शीरमा राखेर कार्य सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले समितिलाई एक ढिक्का बनाएर अघि बढ्ने पनि बताइन् । जनताको प्रतिनिधि भएकाले उनीहरूको अपेक्षा अनुसार काम गर्न दृढताका साथ अघि बढने नवनिर्वाचित सभापति श्रेष्ठको भनाइ छ ।

राज्य व्यवस्था तथा सुशासन समितिकी नवनिर्वाचित सभापति श्रेष्ठ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रहेकी छिन् ।

shares