Breaking News

उद्योग समितिको सभापतिमा श्रीवास्तव निर्विरोध निर्वाचित

काठमाण्डाै, ५ असाेज । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा विमलप्रसाद श्रीवास्तव निर्विरोध निर्वाचित भएका छन् ।

समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकले एक मात्रै उम्मेद्वार श्रीवास्तवलाई सभापतिमा निर्विरोध निर्वाचित गरेको हो । सभापतिका एकमात्रै उम्मेद्वार श्रीवास्तव सभापतिमा निर्विरोध निर्वाचित भएको समितिका जेष्ठ सदस्य मुकुन्द न्यौपानेले जानकारी दिए ।

नवनिर्वाचित समितिका सभापति श्रीवास्तवले जनहितको पक्षमा काम गर्न सरकारलाई आवश्यक सुझाव दिने प्रतिबद्धता व्यक्त गरे । उनले चाडपर्वका बेला आएकाले बजार अनुगमनको कामलाई पहिलो प्राथमिकतामा राखेर काम अघि बढाउने योजना पनि सार्वजनिक गरे ।

समितिका नवनिर्वाचित सभापति श्रीवास्तव सत्तारुढ संघीय समाजवादी फोरम, नेपालका सांसद रहेका छन् ।

shares