Breaking News

नेकपाले ताेक्याे सातवटै प्रदेशमा ईन्जार्च र अध्यक्ष (सूचीसहित)

काठमाण्डाै, ५ असाेज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगाएको छ ।

प्रधानमन्त्री निबास बालुवाटारमा शुक्रबार बसेको नेकपा सचिवालय बैठकले तल्लो कमिटिलाई एकताबद्ध गर्ने जिम्मेवारी दिंदै प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिव तोकेको हो । नेकपाले प्रदेश नंबर १ को ईन्चार्जमा भीम प्रसाद आचार्य, २ मा सत्यनारायण मण्डल, ३ मा अष्टलक्ष्मी शाक्य र ४ मा पिएस गुरुङलाई जिम्मेवारी दिने निर्णय गरेको हो ।

त्यस्तै प्रदेश नंबर ५ को ईन्चार्जमा शंकर पोखरेल, ६ मा जनार्दन शर्मा र प्रदेश नंबर ७ को जिम्मेवारी भीम बहादुर रावललाई दिने निर्णय गरेको नेकपा नेता ईश्वर पोखरेलले जानकारी दिए । बैठकले सर्वसम्मत रूपमा सातवटै प्रदेशमा प्रदेश ईन्जार्च, सह–ईन्चार्ज, अध्यक्ष र सचिवको टुङ्गो लगाइएको भन्दै पोखरेलले तल्लो तहमा एकताका लागि देखिएको समस्यालाई समाधान गर्दै एकता प्रक्रिया अघि बढाउने जिम्मा दिइएको बताए ।

त्यस्तै बैठकमा अध्यक्ष पुष्पकमल दाहालको चीन र भारत भ्रमणका विषयमा र अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको भोलिबाट हुने अमेरिका भ्रमणबारे सचिवालय बैठकलाई सामान्य जानकारी गराउनुभएको बताइएको छ ।

प्रदेश १

इन्चार्जः भीम आचार्य
अध्यक्षः देवराज घिमिरे
सहइन्चार्जः साबित्रीकुमार काˆले
सचिवः सुरेश बहादुर राई

प्रदेश २

इन्चार्जः सत्यनारायण मण्डल
अध्यक्षः प्रभू साह
सहइन्चार्जः विश्वनाथ साह
सचिवः सुमन प्याकुरेल

प्रदेश ३

इन्चार्जः अष्टलक्ष्मी शाक्य
अध्यक्षः हितमान शाक्य
सहइन्चार्जः नारायण दाहाल
सचिवः आनन्द पोख्रेल

गण्डकी प्रदेश

इन्चार्जः पृथ्वी सुब्बा गुरुङ
अध्यक्षः हितराज पाण्डे
सहइन्चार्जः खगराज अधिकारी
सचिवः गोविन्द नेपाली

प्रदेश ५

इन्चार्जः शंकर पोख्रेल
अध्यक्षः ओनसरी घर्ती
सहइन्चार्जः दलबहादुर राना
सचिवः जगप्रसाद शर्मा

कर्णाली प्रदेश

इन्चार्जः जनार्दन शर्मा
अध्यक्षः गोरखबहादुर बोगटी
सहइन्चार्जः यमलाल कंडेल
सचिवः मयाप्रसाद शर्मा

प्रदेश ७

इन्चार्जः भीम रावल
अध्यक्षः कर्ण थापा
सहइन्चार्जः लक्ष्मणदत्त जोशी
सचिवः नेप चौधरी

shares