Breaking News

काठमाडौंमा लोकतन्त्र मेला सुरु

काठमाण्डाै, ४ असाेज । संविधान कार्यान्वयनमा आएको चौथो वर्ष प्रवेश गरेको अवसरमा काठमाडौंमा लोकतन्त्र मेला सुरु भएको छ ।

राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिको आयोजनामा विश्वसम्पदा सूचीको ऐतिहासिक हनुमान ढोका दरबारको नासल चोकमा मेला आयोजना गरिएको हो । मेलाको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले उद्घाटन गरे ।

‘समावेशी लोकतन्त्र: समृद्ध नेपाल’ भन्ने मूल नाराकासाथ पहिलो पटक हुने सो मेलाले बहुदलीय संस्कृतिको विकास र समावेशी लोकतन्त्रलाई थप प्रवर्द्धन गर्ने विधायन व्यवस्थापन समितिले जनाएको छ । मेलाको उद्घाटन सत्रमा सभामुख महराले लोकतन्त्रलाई दिगो बनाउनका लागि दलहरूबीच आपसमा सहमति र सहकार्य आवश्यक रहेको बताए । नेतृत्व र जनतालाई एक आपसमा जोड्नका लागि मेला निकै महत्वपूर्ण हुने उनको भनाइ छ ।

मेलाका अवसरमा शुक्रबार समावेशी लोकतन्त्र: राजनीतिमा महिला नेतृत्व, २१ औँ शताब्दीमा लोकतन्त्र, उत्कृष्ट संसदीय अभ्यास तथा कानून निर्माण प्रक्रिया, २१ औँ शताब्दीमा सङ्घीय लोकतन्त्र तथा शक्ति विकेन्द्रीकरण विषयमा शीर्ष नेतृत्वले सम्बोधनसमेत गर्ने कार्यक्रम छ ।

shares