Breaking News

फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लियाे

काठमाण्डाै, ४ असाेज । विश्व फुटबलको सर्वोच्च निकाय फिफा वरियतामा नेपाल एक स्थान माथि उक्लिएकोे छ ।

फिफाले आज सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान माथि चढ्दै एक सय ६०औं स्थानमा पुगेको हो । अघिल्लो महिना एक सय ६१ औं स्थानमा रहेको नेपालले यस पटक एक हजार चार अंक प्राप्त गर्दै वरियता सुधार गरेको हो ।

दक्षिण एसियाली क्षेत्रमा भारत पहिलो र माल्दिभ्स दोस्राे स्थानमा छ भने नेपाल तेस्रो स्थानमा यथावत् छ । बंगलादेशमा यसै महिना सम्पन्न साफ च्याम्पियनसिपको सेमिफाइनलमा पराजित भएको नेपालले दुई जित र दुई हार बेहोरेको थियो ।

यता, बेल्जियम र फ्रान्स संयुक्त रूपमा वरियताको शीर्ष स्थानमा रहेका छन् भने तेस्रोमा ब्राजिल तथा चौथोमा क्रोएसिया यथास्थानमा छ ।

shares