Breaking News

उद्योगका लागि लगानीमैत्री वातावरण निर्माणमा जोड दिन मन्त्री यादवकाे अाग्रह

काठमाण्डाै, ४ असाेज । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले उद्योग स्थापनाका लागि लगानीमैत्री वातावरण निर्माणमा जोड दिन प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका छन् ।

मन्त्री यादवले बिहीबार सबै प्रदेशका उद्योग मन्त्रीहरूसँग काठमाडौंका सामूहिक भेट गरी उद्योगका लागि लगानी गर्ने सहज वातावरण बनाउन आग्रह गरेका हुन् । त्यस अवसरमा उनले संविधानमा आधारित रहेर कर प्रणालीलाई सहज बनाउनुपर्ने पनि स्पष्ट पारे ।

सरकारले तय गरेको ‘समृद्ध नेपालः सुःखी नेपाली’ को राष्ट्रिय नारालाई मूर्तरुप दिन स्थानीय, प्रदेश र संघीय सरकारबीच तालमेल गरेर अघि बढ्नुको विकल्प नरहेको पनि मन्त्री यादवको भनाइ थियो ।

मन्त्री यादवले लगानीकर्ताहरूलाई उत्साहित हुने गरी ऐन, कानून बनाउनुपर्ने आवश्यक्ता पनि औंल्याए ।

shares