Breaking News

फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ काठमाडौंमा सुरु

काठमाण्डाै, ४ असाेज । फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ बिहीबारदेखि काठमाडौंको भृकुटिमण्डपमा सुरु भएको छ ।

प्रतिष्ठित स्वेदेशी तथा विदेशी ब्राण्डका सयभन्दा बढी कम्पनीहरू सहभागी रहेको उक्त एक्स्पोमा ख्याति प्राप्त नेपाली तथा अन्तराष्ट्रिय ब्राण्डका फर्निचरहरूको वृहत प्रदर्शनी गरिएको छ । उक्त अवसरमा नजिकिंदै गरेको चाडपर्वलाई ध्यानमा राखेर स्टक क्लिेरेन्सका साथै दशैँ अफरका साथ फर्निचर तथा फर्निसिङका सामानहरू बिक्री वितरण समेत हुने बताइएको छ ।

त्यस्तै प्रदर्शनीस्थलमै वास्तुशास्त्रका साथै इण्टेरियर डिजाइनसम्बन्धी परामर्शसमेत दिने व्यवस्था गरिएको छ भने  विगत वर्षका एक्स्पोको तुलनामा यस पटक प्रदर्शक तथा वस्तु र सेवामा धेरै फरक रहने आयोजक नेपाल फर्निचर तथा फर्निसिङ संघले जनाएको छ । फर्निचर तथा फर्निसिङ एक्स्पो २०१८ को उद्घाटन गर्दै नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले सरकारलाई स्वदेशी फर्निचर उत्पादनलाई प्रोत्साहन दिन आग्रह गरेका छन् ।

एक्स्पोमा किचन, बेडरूम, बाथरूमका साथै आउटडोर फर्निचर, इण्टेरियर डिजाइनर, कार्पेट, मार्बललगायत सामग्री प्रदर्शनीको मुख्य आकर्षण रहेका छन् भने कार्पेट, म्याट्रेस, डेकोरेशन सामग्री, होम डेकोर, अफिस फर्निर, होम अप्लाइन्सेज, मेशिनरी औजारका साथै वास्तुसँग सम्बन्धित उत्पादन प्रदर्शनीको आकर्षण बन्ने आयोजकले जनाएको छ ।

मौलिक तथा परम्परागत फर्निचरका साथै आधुनिक शैलीका फर्निचरका उत्पादनका बारेमा जानकारी लिन सेवाग्राहीलाई एक्स्पो उचित गन्तव्य हुने संघका अध्यक्ष राजेश अग्रवालले बताए । एक्स्पो असोज ८ गतेसम्म चल्नेछ ।

shares