Breaking News

अख्तियार प्रमुखमा घिमिरे अनुमोदित

काठमाण्डाै, ४ असाेज । संसदीय सुनुवाइ विशेष समितिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तमा नवीन घिमिरेलार्इ अनुमाेदन गरेकाे छ । हाल अख्तियारको कार्यवाहक प्रमुख रहेका घिमिरेलाई समितिले बिहीबार अनुमोदन गरेको हो ।

संवैधानिक परिषदले घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको थियो । सुनुवाइ समितिमा घिमिरेले सांसदहरूका प्रश्नको सामना गरेपछि उनी सर्वसम्मत अनुमोदित भएका हुन् ।

घिमिरेले दिएको उत्तर, आयोगप्रतिको कार्ययोजना र उनको अनुभवप्रति सुनुवाइ समिति सन्तुष्ट रहेको हुनाले उनको नाम अख्तियार प्रमुखमा अनुमोदन गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

नाम सिफारिस भएसँगै राष्ट्रपतिबाट शपथ लिनुपर्ने कानुनी व्यवस्था अनुसार घिमिरेले आजै राष्ट्रपतिबाट शपथ लिने कार्यक्रम रहेको बताइएको छ ।

तत्कालीन प्रमुख आयुक्त दीप बस्न्यातले अनिवार्य अवकाश पाएपछि गत फागुन २ गतेदेखि घिमिरे कार्यवाहकका रूपमा कार्यरत थिए । संवैधानिक परिषद्ले भदौ २० गते घिमिरेलाई अख्तियार प्रमुखमा सिफारिस गरेको थियो ।

shares