Breaking News

न्यायाधीश जोशीविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने नेकपाकाे तयारी

काठमाण्डाै, ४ असाेज । प्रधानन्यायाधीशमा अस्वीकृत न्यायाधीश दीपकराज जोशीलाई महाअभियोग प्रस्ताव ल्याउन भन्दै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले हस्ताक्षर संकलन सुरु गरेकाे छ ।

नेकपाका प्रमुख सचेतक देव गुरुङले नेकपा संसदीय दलको कार्यालयमा उपस्थित सांसदहरूलाई खाली कागजमा हस्ताक्षर गराएका हुन् । हस्ताक्षर अभियानको नेतृत्व नेकपाका उपनेता सुवास नेम्वाङले गरिरहेका छन् ।

नयाँ प्रधानन्यायाधीश नियुक्तिसँगै सर्वोच्च फर्किएका जोशीले राजीनामा दिने वचन तोडेको नेकपाले आरोप लगाएकाे छ । जाेशीलाई राजीनामा दिन दबाब दिने उद्देश्यले हस्ताक्षर संकलन अभियान सुरु गरिएकाे बुझिएकाे छ । राजीनामा दिएर स्वैच्छिक रूपमा नबाहिरिए उनले महाभियोग भोग्नुपर्ने छ ।

shares