Breaking News

महिला अधिकारका क्षेत्रमा भएका अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध

काठमाण्डाै, ४ असाेज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले महिला अधिकारका क्षेत्रमा भएका अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री थापा महिला अधिकारलाई थप बलियो बनाउनका लागि अन्तराष्ट्रिय महासन्धिलाई कार्यान्वयन गराउन सरकार प्रतिबद्ध रहेको बताएकी हुन् । उनले महिलाका अधिकारलाई संविधानमा समेटिएको बताउँदै त्यसलाई कार्यान्वयन गर्नेगरी कानून निर्माण भइरहेको जानकारी पनि दिइन्।

थापाले मुलुकको नयाँ संरचनामा स्थानीय तह र प्रदेश सरकारले संविधानमा व्यवस्था भएअनुसार महिला अधिकारलाई दृष्टिगत गरी आवश्यक कानून बनाएर प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा अन्य सहभागीहरूले विभेद न्यूनीकरणका लागि निर्माण भएका ऐन, नियम र कानूनलाई सशक्तरूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उनीहरूलाई आर्थिक र सामाजिक सशक्तीकरणमा ल्याउनुपर्ने धारणा राखेका थिए ।

shares