Breaking News

राष्ट्रियसभा बैठक: शून्य समयमा सांसदले राखे यस्ताे माग

काठमाण्डाै, ४ असाेज । राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै सांसद अनिता देवकाटाले दाङस्थित लमही–घोराही–तुलसीपुर सडकखण्ड जीर्ण अवस्था रहेको उल्लेख गर्दै तत्काल मर्मत, संहार गर्न सरकारसँग माग गरेकी छिन् । उनले सो सडकखण्डमा निर्माणाधीन पुल निर्माणमा ढिलाइ नगर्न पनि सरकारलाई सचेत गराइन् ।

त्यस्तै, सांसद कमलाकुमारी ओलीले कैलाली जिल्लाको महन्याल गाउँपालिकास्थित १२ सय घरपरिवारलाई लालपूर्जा दिएपनि जग्गाको कित्ताकाट र नक्सा उपलब्ध नगराएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराइन् । उनले २०३६ सालमा लालपूर्जा पाएका उनीहरूलाई जग्गाको कित्ताकाट र नक्साको पनि तत्काल व्यवस्था गर्न पनि सरकारसँग माग गरिन् ।

प्रदेश नम्बर १ को मूलद्धारको रूपमा रहेको कोसी व्यारेज नजिक भण्टाबारीमा रहेको पुल तत्काल निर्माण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराइएको छ । सांसद खेमराज नेपालीले भण्टाबारी नजिक रहेको सो पुल तत्काल निर्माण गर्न सरकारसँग माग गरेका हुन् । अर्की सांसद उदया शर्मा पौडेलले संविधान कार्यान्वयनको कामलाई प्रभावकारी बनाउन सबै राजनीतिक दलहरू मिलेर अघि बढनुपर्ने धारणा राखिन् ।

shares