Breaking News

स्वीस बैंकमा राखिएकाे नेपालीकाे पैसाबारे छानबिन गर्न सांसदकाे माग

काठमाण्डाै, ४ असाेज । राष्ट्रियसभाका सांसदहरूले स्विजरल्याण्डस्थित स्वीस बैंकमा नेपालीले राखेको अरबौं रुपैयाँ छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

राष्ट्रियसभाका सांसद खिमकुमार विश्वकर्माले स्वीस बैंकले हालै सार्वजनिक गरेको प्रतिवेदनमा ३२२ दशमलव ८८ मिलियन स्वीस फ्रैङ्क नेपाली नागरिकले राखेको उल्लेख गरिएको भन्दै तत्काल छानबिन गर्न शक्तिशाली आयोग गठन गर्न सरकारसँग माग गरेका हुन् ।

राष्ट्रियसभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै उनले अर्बौको सो कालो धन छानबिन गरी राष्ट्रियकरण गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

shares