Breaking News

एक बन्दीको कारागारमै मृत्यु

महोत्तरी, ४ असाेज । जिल्लाको जलेश्वर कारागारका एक बन्दीको गएराति मृत्यु भएको छ ।

महोत्तरीको गौशाला नगरपालिका–१२, लक्ष्मीनियाँ का ४० वर्षीय रामनरेश शर्माको उपचारका क्रममा मृत्यु भएको हो ।

कारागार प्रमुख शोभेन्द्र ठाकुरले ०७४ साउन १६ देखि उक्त कारागारमा बन्दी जीवन बिताउँदै आएका शर्माको गएराति उपचारका क्रममा मृत्यु भएको पुष्टि गरे ।

हिजो बेलुका एपेन्डिसाइट्सका कारण पेट बेस्सरी दुखेपछि उनलाई जलेश्वरस्थित शान्ति सामुदायिक अस्पतालमा उपचारका लागि लगिएकामा राति ९ बजे उपचारकै क्रममा मृत्यु भएको उनको भनाइ छ ।

महोत्तरी जिल्ला अदालतले जबर्जस्ती करणी मुद्दाअन्तर्गत ०७४ साउन १६ गते उनलाई पुर्पक्षका लागि जलेश्वर कारागारमा पठाएकोमा उनी सोही बेलादेखि बन्दी जीवन बिताउँदै आएका थिए । रासस

shares