Breaking News

मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपाली कामदारसहित १५ जनाको मृत्यु

काठमाण्डाै, २ असाेज । मलेसियामा विषाक्त मदिरा सेवनबाट नेपाली कामदारसहित १५ जनाको मृत्यु भएको स्थानीय संचार माध्यमले जनाएका छन् ।

सोमबार मलेसियाको क्लाङ्ग भ्याली क्षेत्रमा विषाक्त मदिरा सेवन गरेकाहरूमध्ये ३३ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय संचार माध्यमले उल्लेख गरेका छन् ।  विषाक्त मदिरा सेवनबाट हालसम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ।

स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै द स्टारले मृत्यु हुने नेपाली कामदार धेरै रहेकाे बताएपनि संख्या भने खुलाएको छैन ।

shares