Breaking News

नेपालमा परिवार नियोजनकाे साधनको प्रयोगदर ५० प्रतिशत मात्र

काठमाण्डाै, २ असाेज । नेपालमा परिवार नियोजनकाे साधनको प्रयोगदर ५० प्रतिशतको हाराहारीमा मात्र रहेको एक तथ्याङ्कले देखाएको छ ।

पाँचाैं परिवार नियोजन दिवसका अवसरमा परिवार स्वास्थ्य महाशाखाले मंगलबार काठमाडौंमा अन्तर्क्रियाको कार्यक्रम गर्दै परिवार नियोजनका बारेमा ९० प्रतिशतभन्दा माथिलाई जानकारी भएपनि प्रयोगदर भने ५० प्रतिशतको हाराहारीमा मात्र रहेको जनाएको हो ।

महाशाखाले प्रदेश नं ३ मा सबैभन्दा बढी र प्रदेश नं ४ मा सबैभन्दा कम परिवार नियोजनका साधन महिलाले प्रयोग गर्ने गरेको तथ्याङ्क रहेको समेत जानकारी दिएको छ । ती प्रदेशमा क्रमशः ४९ दशमलव २ र ३७ दशमलव ३ प्रतिशत प्रयोगदर रहेको छ ।

कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका कामु सचिव सुशीलनाथ प्याकुरेलले परिवार नियोजन सेवा मौलिक अधिकार सेवाभित्र रहेकाले प्रजनन् अधिकारसम्बन्धी ऐन कार्यान्वयनको तयारीमा रहेको जानकारी दिए । अब खोप, अत्यावश्यक औषधी सेवाजस्तै परिवार नियोजन सेवाको पहुँच सबैमा पु¥याउन सरकारले प्राथमिकतामा राख्ने भन्दै उनले हरेक विद्यालयमा नर्स राख्ने तयारीमा सरकार रहेको जानकारी पनि दिए ।

त्यस्तै परिवार स्वास्थ्य महाशाखाका प्रमुख डाक्टर आरपी विच्छाले विशेष गरी किशोरकिशोरी यौन तथा प्रजनन स्वास्थ्यका कार्यक्रममा जोड दिएको बताए । ‘किशोरकिशोरी सहभागिता: परिवार नियोजन सेवाको सुनिश्चितता’ नाराका साथ यस वर्ष विभिन्न कार्यक्रम आयोजना गरी परिवार नियोजन दिवस मनाइएको हो ।

shares