Breaking News

पूर्वाधार विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको नेता नेपालकाे आरोप

काठमाण्डाै, २ असाेज । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का वरिष्ठ नेता माधव कुमार नेपालले पूर्वाधार विकास निर्माणको क्षेत्रमा भ्रष्टाचार मौलाएको आरोप लगाएका छन् ।

मंगलबार काठमाडौंमा आर्थिक वर्ष २०७४/७५ मा काठमाडौं जिल्लाका स्थानीय तहहरूबाट सम्पादित कार्यहरूको वार्षिक समीक्षा प्रगति कार्यक्रमको उद्घाटन गर्दै नेता नेपालले यस्तो आरोप लगाएका हुन् । उनले तोकिएका आयोजना समयमा निर्माण नहुनु , आयोजना निर्माणको म्याद थप हुनु , आयोजना सम्पन्न नगर्ने कम्पनीले पुनः अर्को पूर्वाधार निर्माणको जिम्मा पाउनुले पूर्वाधार निर्माणको क्षेत्रमा भ्रष्टाचार देखिएको बताए ।

नेता नेपालले मुलुककका केही स्थानमा निर्वाचन क्षेत्र निधारण गर्दा पनि दबाबमा परेर निर्धारण गरिएको बताए । मापदण्ड र मूल्य , मान्यताबाट अघि बढ्दै मुलुकको विकासका लागि गम्भीर हुन उनले जनप्रतिनिधिलाई आग्रह पनि गरे । उनले काठमाडौं उपत्यकालाई धुलोमुक्त बनाई जनताको स्वास्थ्यलाई ध्यान दिनका लागि आग्रह पनि गरे ।

जिल्ला समन्वय समिति काठमाडौंको आयोजनामा भएको कार्यक्रममा नेता नेपालले व्यवस्थित बसोबासका लागि घर निर्माणको मापदण्डमा ध्यान दिनुपर्नेमा जोड दिए ।

shares