Breaking News

दक्षिण कोरियाली राष्ट्रपति मून जाइ-इन प्योङयाङमा

काठमाण्डाै, २ असाेज । दुर्इ काेरियाली नेताहरू उत्तर कोरिया र अमेरिकाबीच अवरुद्ध परमाणु अस्त्र निश्शस्त्रीकरणको विषयमा उत्तर काेरियाकाे राजधानी प्योङयाङमा छलफल गर्ने भएका छन् ।

उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ-उनसँगको शिखर वार्तामा सहभागी हुनका लागि दक्षिण कोरियाली राष्ट्रपति मून जाइ-इन मंगलबार बिहान उत्तर कोरिया पुगेका हुन् । तीन दिने भ्रमणमा रहेका मुन जाइ-इन दम्पतीलाई उत्तर कोरियाका सर्वोच्च नेता किमको दम्पतीले स्वागत गरेका थिए ।

यसै वर्षको सुरुमा अमेरिका र उत्तर कोरियाबीच सिंगापुरमा ऐतिहासिक शिखर वार्ता सम्भव तुल्याउन प्रभावशाली भूमिका खेलेका मून जे-इनले प्योङयाङमा उत्तर कोरियाली नेता किम जङ-अनसँग दुई चरणको वार्ता गर्ने कार्यक्रम तय गरिएकाे छ ।

भेटकाे क्रममा राष्ट्रपति मुनले उत्तर काेरिया र अमेरिकाबीच मध्यस्थकर्ताकाे भूमिका खेल्न अावश्यक पहलकदमी गर्ने बुझिएकाे छ भने उक्त भेटले दुर्इ काेरियाली मुलुकहरूबीचकाे अापसी सम्बन्धलार्इ बलियाे बनाउन सहयाेग गर्ने अपेक्षा गरिएकाे छ ।

किम जोङ उन र किम जाइ मुनको यो तेस्रो छलफल हो । उनीहरू सुरुमा शिखर सम्मेलनका क्रममा यसै वर्ष भेट भएको थियो ।

वासिङ्टनले उत्तर कोरियाले पूर्ण रूपमा परमाणु अस्त्र निश्शस्त्रीकरण गर्नका लागि दबाब दिइरहेको छ ।

उत्तर कोरियाले चाहिँ त्योभन्दा पहिले सन् १९५० को दशकमा चर्किएको कोरियाली युद्ध सकिएको औपचारिक घोषणा हुनुपर्ने अडान राखिरहेको छ।

shares